काठमाडौँ। नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो।
प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ । राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ।
स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान भने ५५ प्रतिशत रहेको देखिएको छ । ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको समेत प्राधिकरणले जनाएको छ ।
आव २०८१र८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । अघिल्लो वर्षको तुलनामा ग्राहक सङ्ख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
राष्ट्रिय ग्रिड पहुँच ९८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा विद्युत चुहावट ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको समेत प्राधिकरणको तथ्यांक छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend