काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन् ।
इजरायलमा हमासको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा प्रभावकारी पहल नगरेको र उनको परिवारको बिचल्लीप्रति सरकार उदासीन रहेको भन्दै शाहीले मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।
शाहीले सामाजिक सञ्जालमार्फत मन्त्री राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीमाथि कूटनीतिक ज्ञानको अभाव र नागरिकको जीवन रक्षामा असफल भएको आरोप लगाए । उनले भने, ‘दुखमा परेका नागरिकको सहयोग गर्न नसक्ने मन्त्री र कर्मचारीको पदमा औचित्य छैन ।’
शाहीले जोशीको परिवारको पीडा र सरकारको निष्क्रियताप्रति आक्रोश व्यक्त गर्दै तत्काल राजीनामा माग गरे । यो मागले सरकारमाथि जोशीको उद्धारका लागि दबाब बढाएको छ भने परराष्ट्र मन्त्रालयको प्रभावकारितामाथि थप प्रश्न उब्जिएको छ। शाहीले मन्त्रालयलाई तत्काल गम्भीर कदम चाल्न आग्रह गरेका छन् ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
तनहुँ ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend