Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजपनि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    आइतबार, भाद्र १ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ। गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आज थप ७ सय रुपैयाँ घटेको हो।

    आज सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ थियो।

    यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य ३ हजार नौसय रुपैयाँ घटिसकेको छ।

    आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर दुईहजार तीन १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार