Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


    शुक्रबार, साउन ३० २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पाँच मन्त्री नियुक्त गरेसँगै बागमती क्याबिनेटले पूर्णता पाएको हो।

    कांग्रेसको भागमा रहेको पाँचवटा मन्त्रालयमा बानियाको सिफारिसमा प्रदेश प्रमुख प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई आजै बागमती प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

    सहकारी तथा गरिबी निवारण मन्त्रालयमा विनु रायमाझी, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, युवा तथा खेलकुद मन्त्रालयमा उर्मिला नेपाल र आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ नियुक्त भएका हुन्।

    साउन २० गते मन्त्री नियुक्त भएका शिवराज अधिकारीलाई पनि विभागीय जिम्मेवारी तोकिएको छ। उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ।

    १४ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ८ र एमालेको भागमा छ मन्त्रालय रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार