Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीमा काँग्रेसबाट ५ मन्त्री नियुक्त हुँदै, आजै शपथ


    शुक्रबार, साउन ३० २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् ।

    नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

    २० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र काँग्रेसका २ मन्त्री नियुक्त गरेर शपथ गराएका थिए ।

    काँग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डा अनुसार काँग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो ।

    जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार