Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या २३ पुग्यो, नेपाली ९ जना


    शुक्रबार, साउन ३० २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ। २३ मध्ये ९ जना नेपाली रहेको श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए।

    गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकाससिंह ठकुरी र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।

    उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन् ।

    परिषद्‌ले यसघटनामा दुस्ख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको उल्लेख गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार