काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी गुण्डागर्दी निर्मूल पार्छु भनिरहेका छन् । तर उनले मातहतकै प्रहरी कार्यालयमा हुने गरेको घुसखोरी नियन्त्रण गर्न नसकेको गुनासो छ । प्रसंग हो काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगाको ।
यो नाका भएर दैनिक सयौं गाडी ओहोरदोहोर गर्दछन् । काठमाडौं उपत्यकाको शान्तिसुरक्षाका दृष्टिले पनि नागढुंगामा प्रहरी प्रभाग राखिएको छ । तर नागढुंगा प्रभागमा खटिएका प्रहरीको चर्तिकला देखेर स्थानीय नै लज्जित छन् । उनीहरु आफ्नै अगाडि प्रहरीले घुस लिएको टुलुटुलु हेर्न विवश छन् । एक स्थानीयका अनुसार नागढुंगाका प्रहरीले घुसको रकम पसलमा राख्न दिन्छन् र ड्युटी सकिएपछि लिएर जान्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयको टोली आएर गोप्य चेक गर्दा फेला नपरोस् भनेर घुसको रकम पसलमा राख्न दिने गरेका छन् ।
नागढुंगामा कार्यरत प्रहरीले १ सय रुपैयाँसमेत घुस लिने गरेको आरोप छ । उनीहरुले टिपर, हायस माइक्रोबाट खुल्लमखुल्ला पैसा लिन्छन् । लागूऔषध ब्यूरोबाट खटिएका प्रहरीले पनि घुस लिन पछि नपर्नेे गरेको स्रोत बताउँछ । ब्यूरोको एक टोलीलाई तानिसकेको छ ।
नागढुंगा सधैं विवादित र उजुरी परेका सई सुमन श्रेष्ठ र हवल्दार अशोक मल्लको दादागिरीले नागढुंगामा कार्यरत अरु पनि लज्जित हुनुपरेको छ । सई श्रेष्ठले इन्स्पेक्टर हिक्मत थापालाई मासिक दररेट बुझाउने सर्तमा त्यहाँ ल्याएको स्रोत बताउँछ । सई श्रेष्ठ र हवल्दार मल्ललाई मात्र रोडमा ड्युटी खटाउने गरिएको छ । उनीहरुलाई जतिबेला पनि रोडमा ड्युटी मिलाउने काम इस्न्पेक्टर थापाले गरेको आरोप छ ।
उनीहरुले भारतको दिल्लीबाट आउने ट्रान्सपोर्टका गाडीबाट मासिक रुपमा दररेट तोकेर घुस लिने गरेका छन् । दिल्लीबाट आउने ट्रासपोर्टका गाडीबाट मासिक १ लाख रुपैयाँ घुस लिने गरिएको स्रोत बताउँछ । काँकडभित्ता, बीरगंज, सर्लाही, रौतहट र पश्चिमका भैरहवाबाट कपडा, सूर्तीजन्य पदार्थ, काजु, पेस्ता जस्ता सामान बोकेका गाडीबाट पनि महिनावारी घुस लिने र नाका कटाउन सहयोग गर्दैआएका छन् ।
यसअघि पनि सई श्रेष्ठ र हवल्दार मल्ल दुई पटक विवादमा परी नागढुंगाबाट तानिएका थिए । यसअघि विवादमा परेका र कारबाहीस्वरुप तानिएका तिनै श्रेष्ठ र मल्ल पुनः सेटिङ मिलाएर नागढुंगामै फर्किएर इन्स्पेक्टर थापाको संरक्षणमा पुनः असुलीमा तल्लीन भएका छन् । माथिल्लो निकाय जिल्ला परिसर काठमाडौं र उपत्यका प्रहरी कार्यालय रानीपोखरीकै आशीर्वादविना आर्थिक लेनदेनमा विवादमा परेर तानिएका सई श्रेष्ठ र मल्ल नागढुंगामा फर्किन नसक्ने प्रहरी स्रोत बताउँछ ।
श्रेष्ठ र मल्लका कारण त्यहाँ कार्यरत इमान्दार प्रहरीहरु कुन बेला अख्तियार र प्रहरी प्रहरी प्रधान कार्यालयले छापा मार्ने र जागिर नै चट् हुने त्रासमा छन् । नागढुंगामा हुँदैआएको यस्तो ब्रम्हलुटलाई प्रहरी बृत्त थानकोटका डीएसपी एलिजा गिरी समेत संरक्षण गरेको आरोप छ । सई सुमन श्रेष्ठ मल्लले इन्स्पेक्टर र डीएसपी गिरीलाई समेत सेटिङ मिलाएर प्रत्येक गाडीबाट असुल्ने छुट पाएको स्रोत बताउँछ ।
राजधानी काठमाडौं प्रवेश गर्ने नागढुंगामा यस्तो खुल्लम खुल्ला मालवाहक ट्रकदेखि यात्रुबाहक सवारीसँग घुस लिने गरिन्छ भने बाहिरी जिल्लाका नाकामा कस्तो होला भन्ने प्रश्न पनि उठेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend