Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • प्रधानमन्त्री ओली आज मधेश प्रदेश जाँदै


    शुक्रबार, साउन ३० २०८२
    715
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाँदैछन् । उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।

    उनी आज बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

    त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनामा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

    मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको ८.३८४ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको हो ।

    २०८३ साल चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपियाँ विश्व बैंकको ऋण सहयोगबाट हुने भए पनि टेन्डर प्रक्रियाबाट ढुकुछु निर्माण कम्पनी प्रा।लि।सँग १९ करोड सात लाख ८३ हजार ६१८ रुपियाँ (भ्याटसहित)मा सम्झौता भएको छ ।

    धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौँ फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार