वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-२, कटेया गाउँमा प्रहरीले छापा मारेर १९१ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ । बुधवार मध्यरातमा जिल्ला प्रशासन, प्रहरी, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको संयुक्त अनुगमन टोलीले साह महमद अन्सारी र युनुस अन्सारीको घरमा छापा मारेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई प्राप्त सूचनाका आधारमा खटिएको टोलीले साहको घरबाट डीएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा मल बरामद गरेको हो । यस्तै, युनुसको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा मल फेला परेको हो ।
बरामद मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । दुवै घरधनी फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पर्सामा धानबालीका लागि मलको चरम अभाव छ । सरकारी अनुदानको मल किसानसम्म नपुग्दा कालोबजारी र अनियमितताको गुनासो बढेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend