Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चक्लाबन्दी बनाएर पर्वत र बाग्लुङमा फलफूल खेती सुरु: प्रधानमन्त्री ओली


    बिहिबार, साउन २९ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्माले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लेख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको बताएका छन्।

    ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ,’ उनले लेखेका छन्, ‘कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ।’

    कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्रीले जानकारी दिए।

    कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्रीको विश्वास छ। उनले लेखेका छन्, ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार