Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत भेटिए


    बुधबार, साउन २८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको दुहबी नगरपालिका- शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र बुधबार दुई पुरुष मृत फेला परेका छन्।

    मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार सोही नगरपालिकाका वडा नम्बर २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई सेप्टिकट्यांकीभित्र मृत भेटिएका हुन्। तामाङ उक्त घर निर्माणका पेटी ठेकेदार र राई कामदार भएको प्रहरीले जनाएको छ ।

    बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेप्टिक ट्यांकीभित्र उनीहरू मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा टोली घटनास्थल पुगेको थियो।

    घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ। त्यसपछि मात्रै कारण खुल्ने अपेक्षा गरिएको डीएसपी खतिवडाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार