Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले ५ लाख पुरस्कार दिने


    बुधबार, साउन २८ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख प्रदान गरिने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट सो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रूपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् ।

    गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरे पछि उनी चर्चाको शिखरमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार