Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले लालवीर चौधरीलाई दिएन नाउपा अध्यक्षको मान्यता


    बुधबार, साउन २८ २०८२
    685
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आधिकारिक अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने भएकी छन् ।

    पार्टीका संरक्षक रेशम चौधरीले केही समयअघि राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए । तर, चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा अध्यक्ष रन्जिता नै रहने भएकी हुन् ।

    मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको हो । यससँगै स्वतः रञ्जिता नै अध्यक्ष रहने स्थिति बनेको छ ।

    स्रोतका अनुसार मंगबार राति आयोगले यस्तो निर्णय गरेको हो । तर, निर्वाचन आयोगको पत्र भने नाउपाले पाएको छैन । सम्भवतः आजै पत्र पाउन स्रोतले बताएको छ ।

    यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार