Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज अर्थसहित ५ संसदीय समितिको बैठक बस्दै


    बुधबार, साउन २८ २०८२
    565
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ ।

    अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । कानुन समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।

    कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने तय भएको छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।

    यस्तैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने कार्यक्रम छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।

    बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार