काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने बताएका छन् । आज (मङ्गलवार) काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तागठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका हुन् ।
उनले अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने बताए । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस-एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे ।
उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए । ओलीले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए ।
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend