Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलको अभाव नरहेको भनेर प्रधानमन्त्रीले किसानलाई झुक्याए: प्रभु साह


    मंगलबार, साउन २७ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई झुक्याइएको आरोप लगाएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले धान लगाएत बालीमा राख्न पर्याप्त मल नपाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले बजारमा मलको अभाव नरहेको भन्ने अभिव्यक्ति दिएर किसानलाई झुक्याइएको बताएका हुन् ।

    उनले एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न उठाएका हुन् ।

    किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य रहेको उनले बताए । किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार