Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेनपावरमार्फत ई-७ भिसामा श्रमिक कोरिया पठाइने, को-को जान पाउँछन् ?


    मंगलबार, साउन २७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालबाट कोरियामा सीप र कोरियन भाषा जानेका नेपाली कामदार पठाउनेसम्बन्धी कार्विधि तेस्रोपटक संशोधन गरिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० चैत १७ गते सो कार्यविधि स्वीकृत गरेको थियो । पहिलो संशोधन २०८१ कात्तिक ७ गते, दोस्रो २०८२ असार ९ गते र तेस्रो संशोधन असार १३ गते भएको हो । कार्यविधि एकै महिनामा दुई पटक संशोधन गरिएको छ ।

    हालैको संशोधनअनुसार ई-७ भिसामा नेपालबाट कोरियामा काम गर्न जाने कामदार मेनपावरबाट पठाउने व्यवस्था रहेको छ । तर, यसको अनुगमन भने श्रम विभागले नै गर्नेछ । रोजगारदाता कम्पनीले ई-७ भिसाको लागत नबेहोरे श्रमिकले नै तिर्नु पर्नेछ । ईपीएसमा कोरिया जाने कामदार बराबर नै कोरिया जाने श्रमिकले तिर्नुपर्ने उल्लेख छ ।

    श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले ई-७ भिसाको प्रक्रिया अघि बढेर नै तेस्रो पटक कार्यविधि संशोधन भएको बताए । तेस्रो संशोधनमा कुन कुन काम जानेका कामदार जान पाउने भन्ने लागतका विषय समेटिएको बताए ।

    ई-७ भिसा बीटुबी हुने छ । मेनपावरले डिमान्ड ल्याएपछि कोरियामा रहेको नेपाली दूतावासले माग पत्र प्रमाणीकरण गर्ने छ ।

    सुरुमा निःशुल्क रुपमा ई-७ भिसामा नेपाली कामदार पठाउने भनेर सीपयुक्त श्रमिक कोरिया पठाउने कार्यविधि २०८० बनेको थियो । अहिले तेस्रो संशोधनसम्म आइपुग्दा कुन कुन काममा नेपाली कामदार जान पाउने भन्ने कुरा उल्लेख भएको छ । त्यसका लागि १ सय वटा कामको सूची तयार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार