Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेनी-जोमसोम-कोरला सडक आजदेखि रातको समयमा बन्द


    मंगलबार, साउन २७ २०८२
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बेनी–जोमसोम–कोरला सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने भएको छ । बाढीपहिरोका कारण जनधनको क्षति हुने उच्च जोखिम देखिएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नहुदाँसम्म आजदेखि हरेक साँझ ६ देखि बिहान ५ बजेसम्म ७६ किलोमिटर सडक बन्द हुने जानकारी दिएको हो ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले रातको समयमा बाढीपहिरोका कारण जनधनको क्षति हुने उच्च जोखिम देखिएकाले सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

    उनका अनुसार आजदेखि मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै सीमा पार गसिक्नुपर्नेछ ।

    भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक अन्तगर्त मुस्ताङको थासाङ गाउँपालिका- ४, घोप्टेभीर, म्याग्दीसँग सिमाना जोडिएको काभ्रेभीर लगायत एक दर्जनभन्दा धेरै क्षेत्रमा सामान्य पानी पर्दा समेत सडकमाथिबाट ठूलो सुख्खा पहिरो खस्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार