काठमाडौं । विपिन जोशी रिहाइका लागि सोमबार इजरायल पुगेकी कञ्चनपुरकी पद्मा जोशीले रुँदै आफ्ना छोरा छाडिनदिन हमाससँग अनुरोध गरेकी छन्। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पस अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।
तर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनायो। विपिन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन।
यसैबीच उनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन भनी उनका आमा पद्मा र बैनी पुष्पा सोमबार इजरायल गएका हुन्। उनीहरू त्यहाँको बेन गुरियन विमानस्थलबाट बाहिर निस्किनासाथ पत्रकारहरूले घेरेका थिए।
द टाइम्स अफ इजरायलका अनुसार त्यस क्रममा विपिनकी आमा पद्माले रुँदै भनिन्, ‘कृपया१ मेरो छोरालाई बचाउनुहोस्। हमास, (उसलाई) तत्काल घर फिर्ता पठाइदेऊ। कृपया१ (उसलाई) घर फर्काइदेऊ हमास। कृपया१ कृपया१’
विपनकी बहिनी १७ वर्षीया पुष्पाले समर्थनका लागि इजरायली जनता र इजरायल ल्याइदिने सरकारी अधिकारीहरूलाई धन्यवाद दिइन्। उनले भनिन्, ‘आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत पढ्न इजरायल आएको मेरो दाइ युद्धमा फस्यो जसँग उनको कुनै सरोकार छैन।’
पुष्पाले थपिन्, ‘हामी उनलाई फिर्ता चाहन्छौँ, यो म र मेरो परिवारका लागि अति भयो। लगभग दुई वर्ष भइसक्यो। उनी त्यहाँ (गाजामा) के गरिरहेका छन्, खाना पाइरहेको छ कि छैन ? औषधि पाइरहेको छ कि छैन ?’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend