काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालवाट अनिलकुमार झाले राजिनामा दिएका छन् । लामो समय देखी लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् ।
बिगत एक बर्ष देखी नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजिनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्विकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए । ‘उहाँ लामो समय देखी लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिना अघि उहाँले ह्ववाटसपवाट अध्यक्षज्यूलाई राजिनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वकिृत गरिसक्नु भएको छ,’ उनले भने ।
यसबारेमा झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिना अघि राजिनामा दिए पनि तर राजिनामाको मितिमा भने अघिल्लो बर्षको मिति उल्लेख छ । समाचार अनुसार उनी लोसपामा नै रहदाँ पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिन्ह लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन् ।
सो पार्टी सिरहाका रामकुमार महतो नामका एक जना पुराना सदभावना नेताको नाममा दर्ता रहेको छ । उनले महतोको नाममा पार्टी दर्ता भए पनि झाले अध्यक्षको हैसियतमा सोही नाममा निर्वाचनमा आयोगमा दर्ता गराए पछि महतोले आफुलाई ‘अपहरण गरेर सो पार्टी कब्जा गर्न खोजेकोु भन्दै आयोगमा उजुरी दिएका छन्, जो अहिले पनि मुद्दा चलिरहेको छ। तर, उनले झालाई सो पार्टी दिन चाहिरहेका छैनन्। र, निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन नसकेको बुझिएको छ।
‘उहाँले पार्टी दिनका लागि बिभिन्न अफर गर्नु भएको थियो, पार्टी नै हो कसरी उहाँलाइ दिन सकिन्छ, मैले दिएको छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ,’ महतोले भने ।
यता, एक महिना अघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। खासमा केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिए पछि उनको पद खोसिएको बुझिएको छ।
‘सहमति अनुसार शरदसिंह भण्डारीले अब राजिनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिब्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्तावाट राजिनामा दिन लगाएका थिए । उनले प्रवक्तावाट राजिनामा दिए पनि महासचिव पद भने कायमै रहेको छ ।
श्रम मन्त्री भण्डारी ओलीको कार्याकाल भरी रहने सहमति भए पनि मिश्रले सो बिपरित अभिब्यक्ति दिए पछि उनको राजिनामा माग गरिएको हो । स्रोतका अनुसार भण्डारी ओलीको कार्यकाल भरी रहने छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने गरी सहमति भइसकेको छ ।
यद्दपी, यसअघिको सहमति अनुसार भण्डारीले १ बर्ष मात्रै मन्त्री बन्ने र राजिनामा दिएर अर्को ब्यक्ति पठाउने सहमति भएको थियो ।
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend