Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ


    सोमबार, साउन २६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भारत । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

    मतदाता सूचीको विषयलाई लिएर विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनमा जान लागेका उनलाई प्रहरीले सोमबार हिरासतमा लिएको बिबीसी हिन्दीले जनाएको छ ।

    आयोगमा जाने सांसदको सङ्ख्या धेरै भएका कारण सांसदहरूलाई हिरासतमा लिनु परेको दाबी प्रहरीको रहेको छ । निर्वाचन आयोगमा ३० जना जान सक्ने भए पनि सांसदहरूको सङ्ख्या त्यो भन्दा बढी भएकाले हिरासतमा लिनु परेको प्रहरीको भनाइ छ ।

    प्रमुख विपक्षी दलका नेता समेत रहेका गान्धीले लोकसभामा केही दिनअघि निर्वाचनमा सरकारले गडबडी गरेको र त्यसलाई आयोगले साथ दिएको विषय उठाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार