Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति मानव अधिकार आयोगको गम्भीर चासो


    सोमबार, साउन २६ २०८२
    610
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेको छ ।

    आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लिली थापाले यो गम्भीर विषय भएको बताइन् । उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’

    थापाले यस विषयमा काठमाडौँ गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।

    यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको जानकारी दिइन् ।

    जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार