Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविलाई भेट्न रूपन्देही कारागार पुग्यो मानव अधिकार आयोगको टोली


    सोमबार, साउन २६ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।

    आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो ।

    कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार पुगेको हो ।

    टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार