Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविको बैंक जमानतसम्बन्धी निवेदन न्यायाधीश सापकोटाको इजलासमा


    सोमबार, साउन २६ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक जमानतसम्बन्धी जिल्ला अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

    रुपन्देही कारागारमा रहेका लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै रुपन्देही अदालतमा दिएको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नारायण सापकोटाको इजलासमा पेसी तोकिएको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि उनी २५ चैतदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

    त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए ।

    उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार बैंक दाखिला समेत गरिदिएको बताएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार