Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • हात्तीवनमा नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता, के-के भयो छलफल ?


    सोमबार, साउन २६ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वयको श्रेष्ठ र यादवको भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो ।

    उक्त भेटवार्तामा अहिलेको देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

    श्रेष्ठ र यादवबीचको भेटवार्तामा संघर्षशील शक्तिहरुले आफूलाई यथास्थितिमा नराखेर देशको अहिलेको परिस्थितिलाई सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा छलफल भएको श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    भेटमा सबैले आ–आफ्ना कमजोरीका निम्ति आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेबारे पनि छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार