Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलद्वारा अल जजिराका ५ पत्रकारको हत्या


    सोमबार, साउन २६ २०८२
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी । इजरायलले अल जजीराका पाँच पत्रकारको हत्या गरेको छ । आइतबार राति गाजा शहरको अल–शिफा अस्पतालको मुख्य ढोका बाहिर पत्रकारहरुलाई राखिएको टेन्ट लक्षित इजरायली सेनाले आक्रमण गर्दा अल जजीराका पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मी मारिएका हुन् ।

    उक्त आाक्रमणमा सात जनाको मृत्यु भएतापनि अनस अल–शरीफसहित संवाददाता मोहम्मद क्रेकेह र क्यामेरा अपरेटर इब्राहिम जहेर, मोहम्मद नौफल र मोआमेन अलिवा मारिएको अल जजीराले जनाएको छ ।

    इजरायल डिफेन्स फोर्सेस ९आईडीएफ० ले आक्रमणको पुष्टि गर्दै अल–शरीफलाई हमासको ‘आतङ्कवादी सेलको प्रमुख’ भएको आरोप लगाएको छ ।

    आईडीएफले उनलाई पत्रकारको आवरणमा काम गर्ने र इजरायली नागरिक तथा सैनिकमाथि रकेट आक्रमणका लागि जिम्मेवार भएको दाबी ग¥यो । तर अन्य पत्रकारहरूको मृत्युबारे कुनै टिप्पणी गरेको छैन।

    अल–जजिराले यसअघि नै आईडीएफ माथि आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै “उत्तेजना फैलाउने अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो ।

    पत्रकारहरूको अधिकारका लागि काम गर्ने संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स ९सीपीजे० का अनुसार, अक्टोबर २०२३ मा गाजामा सुरु भएको इजरायली सैन्य आक्रमणपछि हालसम्म १८६ पत्रकारको मृत्यु पुष्टि भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार