Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयमा श्रद्धालुको भीड


    सोमबार, साउन २६ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

    साउनको सोमबार भगवान् शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो छ ।

    काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरूको घुइँचो लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार