कास्की । सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही महानगरपालिका-१ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, सोही महानगरपालिका-३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, सोही महानगरपालिका-९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षीय असित वर, सोही महानगरपालिका-२ भैरव टोल बस्ने ३८ वर्षीय उज्वल भोमिक र सोही महानगरपालिका-८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार रहेका छन् ।
पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९ का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले राजेन्द्रको साथबाट सुन ११ तोला २०.६ लाल, चाँदी २ सय ९६ तोला ३३ लाल र नगद १ लाख ६० हजार ५ सय रूपैयाँ, मनिकको साथबाट सुन १३ तोला १७ लाल र चाँदी १० तोला ५५ लाल, सन्दिपको साथबाट सुन ३ तोला ८ लाल, सोमनाथको साथबाट सुन १२ तोला १२.७ लाल र चाँदी ९ तोला ५९.४ लाल, दिपकको साथबाट सुन ३८ तोला ५ लाल र चाँदी ३० तोला ११ लाल, गोविन्दको साथबाट सुन २ सय १० तोला ८९ लाल, असितको साथबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, तापसको साथबाट सुन २४ तोला १५ लाल, उज्वलको साथबाट सुन ५ तोला ४६.९ लाल, सुनिताको साथबाट सुन २ तोला ५० लाल र चाँदी ९३ तोला ६१ लाल, प्रोभासको साथबाट सुन ८८ तोला ३१ लाल र नगद १ लाख ८५ हजार रूपैयाँ तथा पोखरा महानगरपालिका-१ स्थित सन्जय ढावको कारखानाबाट सुन १३ तोला ५८ लाल, चाँदी ४ तोला २३ लाल र नगद १ लाख ६९ हजार १ सय ५५ रूपैयाँ समेत बरामद गरेको छ । प्रहरीले हाल फरार सन्जयको खोजी गरिरहेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend