Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बडिमालिकामा लडेर ज्यान गुमाएका दुई जनाको शव ३ दिनपछि उद्धार


    आइतबार, साउन २५ २०८२
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाजुराको बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव तीन दिनपछि उद्धार भएको छ ।

    काठमाडौंको गोकणेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको थियो ।

    गत २२ र २३ गते लडेर मृयु भएका उनीहरूको शव आइतबार नेपाली सेनाको हेलिकप्टबाट सुर्खेत लगिएको हो । नाटेश्वरी मन्दिर क्षेत्र दुधदिल्ली गैरा भन्ने स्थानबाट दुवै जनाको शवलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो ।

    अप्ठ्यारो बाटो र प्रतिकूल मौसमका कारण दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अड्किएका थिए । दुवै जनाको शव नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा स्थानीयहरूको सहयोगमा शनिबार भिरबाट निकालिएको थियो ।

    आइतबार त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मन्दिर क्षेत्रसम्म बोकेर ल्याइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

    हरेक बर्ष अप्ठ्यारो बाटोकै कारण बडीमालिका माताको दर्शन गर्न पुगेका भक्तजनहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार