काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैंगीक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् ।
नेपाली काँग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैंगीक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैंगीक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए ।
“लैंगीक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौँ भन्ने हाम्रो दृढ विश्वास छ, लैंगीक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ”, सभापति देउवाले भने ।
सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आबद्ध रहेको उल्लेख गर्दै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताए ।
उनले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रूपमा काम गर्दै आएको बताए ।
त्यस अवसरमा सभापति देउवाले नेपाली काँग्रेसकी नेतृ, नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहलाई स्मरण गरे । “वि।सं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरूको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो”, उनले भने।
पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले नेपाली समाजको चेनताको स्तर उच्च रहेको भन्दै लैंगीक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले लैंगीक समानता महिलाको मात्रै नभै सामाजिक रूपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरूको समेतको सरोकारको विषय रहेको बताए ।
काँग्रेस सहमहामन्त्री जीवन परियारले विश्वभरिनै महिलाहरूको अधिकारका विषयमा केन्द्रित भएर महिलामाथि भएको अन्याय, अपमानबाट आन्दोलनको कुरा उठेको चर्चा गरे । उनले नेपालका महिला, दलित, सुकुम्वासी, थारुलगायतको विषयमा नेपाली काँग्रेस सचेत रहेको उल्लेख गरे।
जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले लोककल्याणकारी राज्य स्थापनाका लागि स्थानीयदेखि केन्द्रीय तहको नेतृत्वसम्म महिलाको सहभागिता अभिवृद्धि हुनुपर्नेमा जोड दिए।
नेपाली काँग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली समुदाय महिला र कमजोर वर्ग, समुदायप्रति असंवेदनशील हुँदै गइरहेको उल्लेख गरिन्। उनले महिला र पुरुषलाई समान रूपले हेर्ने मनस्थिति हुनुपर्नेमा जोड दिइन् ।
नेपाल महिला संघको अध्यक्ष उषा मिश्र राउतले लैंगीक समानताका विषयमा समाजलाई जागरूक बनाउन आवश्यक रहेको बताइन् । कार्यक्रममा नेपाली काँग्रेस र स्थानीय राजनीतिमा महिलाहरूको सहभागितालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र महिलाहरूको क्षमता अभिवृद्धि गर्न सातै प्रदेशका स्थानीय तहमा समेत गएर गोष्ठी सञ्चालन गर्ने जानकारी गराइएको छ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend