काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरूले विरोध जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा प्रस्तुत विधेयकको प्रतिवेदनमा प्रयोग भएको भाषा अस्पष्ट रहेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
कांग्रेस सांसद वीरबहादुर बलायरले विधेयकमा जानाजान अस्पष्ट र द्विविधायुक्त भाषा प्रयोग गरिएको बताए । उनले भने, “हामीले थाहा पाउँछौँ भन्ने डरले हो कि, विधेयकमा अस्पष्ट भाषा राखिएको छ ।”
उनले विधेयकको भाषा स्पष्ट र पारदर्शी हुनुपर्नेमा जोड दिए । ‘यो दिने जस्तो, यता कि उता जस्तो भाषा प्रयोग भएको छ, जुन स्वीकार्य छैन,’ उनले भने । मन्त्रालयले विधेयकको मस्यौदा तयार गर्दा अस्पष्टता राख्न नहुने उनको भनाइ छ । ‘मन्त्रालयले ल्याउने हो भने स्पष्ट रूपमा ल्याओस्, गोलमटोल भाषा प्रयोग नगरोस्,’ उनले भने ।
आज उक्त विधेयक पारित गर्ने तयारी छ । गत बिहीबार समितिले साढे पाँच घण्टा छलफल गरी विधेयकमाथिको दफावार छलफल सम्पन्न गरेको थियो । समितिको छलफल र सांसदहरूले प्रस्ताव गरेको संशोधनलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार गर्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई दिइएको छ ।
प्रस्तावित विधेयकले भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ संशोधन गर्ने लक्ष्य राखेको छ। विधेयकका अधिकांश बुँदामा सांसदहरूको संशोधनको मर्मअनुसार भाषा मिलाउने सहमति भएको थियो । आज प्रतिवेदन प्रस्तुत गरी छलफलपछि विधेयक पारित गर्ने समितिको तयारी छ ।
यसअघि समितिले घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिने विषयमा सहमति जनाएको छ । यस्तै, भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषयमा पनि भाषा मिलाउने भनिएको छ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend