Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक ब्राम्हण पक्राउ


    आइतबार, साउन २५ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।

    काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

    आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार