Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, साउन २५ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो ।

    आज सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी बढेर २ हजार ३२५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार