Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रामेछापमा जिप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते


    आइतबार, साउन २५ २०८२
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए । राधा स्वास्थ्यकर्मी हुन् ।

    दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए । हेटौंडा जान लागेको बिएससी ९४६३ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो ।

    गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार