काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको खाका विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन् ।
शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै महरले उक्त कुरामा जोड दिएका हुन्।लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयकको विषयवस्तु देशको शैक्षिक भविष्यका लागि गम्भीर चिन्तनको विषय भएको उनले बताए।
कांग्रेसको शिक्षा विभागले संसदीय समितिलाई केही महिनाअघि नै आफ्नो संस्थागत सुझाव बुझाइसकेको उनले जानकारी दिएका छन् । कांग्रेसले सरोकारवालासँग व्यापक छलफल गरेर विधेयकलाई परिमार्जन गर्न पहलकदमी लिइरहेको महरले प्रस्ट पारे।
शिक्षाको गुणस्तरीयता र विद्यार्थीको भविष्य सधैँ केन्द्रमा रहनुपर्नेमा उनले जोड दिए। अधिकारको मात्र खोजी गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या निम्त्याएको तर्क गर्दै कर्तव्यबोधसहितको सुधार आवश्यक रहेको महरले औंल्याएका छन्। ‘आफ्नो अधिकारको मात्र कुरा गर्दा सबैले कर्तव्यको सन्तुलन बिर्सन्छन्। यस्तो हुँदा प्रणालीमा समस्या आउँछ। त्यसैले मानव जीवनमा कर्तव्यबोधको ठूलो खाँचो रहन्छ,’ उनले भने।
गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने धारणा पनि दोहोऱ्याएका छन्। शिक्षकलाई निजामतीसरहको सेवा सुविधा, प्रधानाध्यापकको अलग व्यवस्था, भौतिक पूर्वाधार र तालिममा राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ। संविधानले प्रदान गरेका अधिकार गरिब, निमुखा र विपन्न वर्गले समेत अनुभव गर्न सक्ने किसिमको हुनुपर्नेमा महरको जोड छ।
कमजोर वर्गका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति अन्तर्गत आवासको पनि व्यवस्था गर्नुपर्ने माग उठिरहेको सन्दर्भमा कांग्रेसले पनि यस विषयमा गम्भीरतापूर्वक छलफल गरिरहेको बुझिएको छ । शिक्षामा पहुँच र समानता सुनिश्चित गर्न यस्ता प्रावधान ऐनमा नै व्यवस्था गरिनुपर्ने आवाज बलियो गरी उठ्न थालेको छ।
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend