Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाद्वारा श्रम र सार्वजनिक लेखा विभाग प्रमुख मनोनयन


    शुक्रबार, साउन २३ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको छ।

    आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त रहेको विभागमा प्रमुख मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।

    उनका अनुसार केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई मनोनयन गर्ने निर्णय भएको छ।

    यस्तै, श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनयन गरेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार