Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • राप्तीको कटानले ६४१ नम्बर जंगे पिलर र हुलासपूर्वा गाउँ जोखिममा


    शुक्रबार, साउन २३ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । जिल्लाको नरैनापुर गाउँपालिका–५ गंगापुरस्थित नेपाल–भारत सीमा दशगजामा रहेको ६४१ नम्बर जंग पिलर राप्ती नदीको कटानका कारण जोखिममा परेको छ। राप्ती नदीमा पानीको बहाव बढेसँगै नेपालतर्फको तटमा कटान सुरु हुँदा सो पिलरसँगै हुलासपूर्वा गाउँ पनि जोखिममा परेको हो।

    बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख एसपी शोभाकान्त खनाल, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीसहितको टोलीले बिहीबार उक्त पिलरको स्थलगत अनुगमन गरी सम्भावित जोखिम तथा न्यूनीकरणका लागि तत्काल गर्न सकिने पहलबारे छलफल गरेको छ।

    स्थानीय जनप्रतिनिधिको पहल तथा गाउँपालिकाको सहकार्यमा तत्काल अस्थायी प्रकृतिको नदी नियन्त्रण तथा रोकथाम संरचना निर्माण गर्ने र वस्तुस्थितिबारे संघीय सरकारलाई लेखिपठाउने विषयमा पनि छलफल भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार