काठमाडौं । भारतको उत्तराखण्डमा बादल फाट्दा आएको भीषण बाढी र पहिरोमा परि ७ जना नेपालीको मृत्यु भएको छ ।
जाजरकोटको कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका एकै परिवारका ५ जना, जुम्लाका १ र रुकुम पश्चिमका १ जना गरि ७ नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा ४२ वर्षीय कर्णबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह, १७ वर्षीय रबिन सिंह र ३५ वर्षीय निमबहादुर सिंह रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
यस्तै जुम्लाको तातोपानी गाउँपालिका कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक जनाको पनि सोही घटनामा मृत्यु भएको छ । नाम नखुलेका व्यक्ति मृतक मानबहादुरका ज्वाइ रहेको बस्नेतले बताए ।
घटनामा ज्यान गुमाएका मानबहादुर सिंहका छोरा नवीन सिंह उक्त घटनामा बाँच्न सफल भएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार बाँच्न सफल नवीनले आफन्तलाई खबर गरेपछि उनीहरूको मृत्युबारे यकिन भएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend