काठमाडौँ । सरकारले ल्याएका कतिपय विधेयकमा पार्टीभित्र विमति बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले काँग्रेसका दुई महामन्त्रीसँग बिहीबार साँझ बेग्लै संवाद गरेका छन् ।
होटेल मेरियटमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग गृहमन्त्रीले लामो छलफल गरेका हुन् । छलफलका एजेण्डाबारे दुवै पक्षले सामान्य शिष्टाचार र अनौपचारिक भेट मात्र भनेका छन् ।
पार्टीभित्र संस्थापन पक्षका वरिष्ठ नेताहरूले बेग्लै छलफल चलाइरहेका बेला महामन्त्रीद्धयसँग गृहमन्त्री लेखकको भेट अर्थपूर्ण मानिएको छ । यद्यपि गृहमन्त्रीनिकट स्रोतले भने उक्त छलफललाई ‘डिनर मिटिङ’ भनेको छ ।
गृहमन्त्री र महामन्त्रीद्धयबीच मेरियटमा करिब तीन घण्टाको छलफलपछि राति साढे १० बजे बाहिरिएका थिए । सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्रमा रहेका महामन्त्री थापा पछिल्लो समय बालुवाटार बैठकमा जान छाडेका छन् ।
निजामती विधेयकमा भएको छेडखानी छानबिन गर्ने संसदीय विशेष समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई नैतिक र राजनीतिकरुपमा जिम्मेवार ठहर गरेपछि काँग्रेस नेतृत्व दबाब छ ।
सभापति देउवाले महामन्त्रीद्धयसँग छलफल गर्नुअघि गृहमन्त्रीले उनीहरूसँग भेटेर समग्र विषयमा कुराकानी गरेको बताइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend