इस्लामबाद । पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर यसै साता फेरी अमेरिका भ्रमणमा जाने भएका छन् ।
उनी सेन्टकम (केन्द्रीय कमाण्ड) को नयाँ प्रमुखको नियुक्ति समारोहमा सहभागी हुनेछन् । दुई महिनामा उनको यो दोस्रो अमेरिका भ्रमण हो । यसअघि उनले जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव समारोहमा भाग लिएका थिए ।
यस बाहेक मुनीरले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग दुई घन्टा लन्च भेट गरेका थिए । यो बैठक बन्द कोठामा भएको थियो । अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेना प्रमुखको आतिथ्यता गरेको यो पहिलो पटक हो । ट्रम्पले भारत माथी ५० प्रतिशत कर लगाएको अवस्थामा पुनः मुनिरको अमेरिका भ्रमण हुन लागेको हो ।
मुनीरले मे महिनामा भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न ट्रम्पलाई श्रेय दिएका थिए । ट्रम्पलाई नोबेल पुरस्कारका लागि पनि मनोनयन गरिएको छ। पाकिस्तानले अमेरिकाको सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कुरिल्लालाई देशको सर्वोच्च सैन्य सम्मान निशान ए इम्तियाजले सम्मान गरेको छ।
गत महिना इस्लामाबादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति आसिफ अली जर्दारीले उक्त सम्मान प्रदान गरेका थिए। जनरल कुरिल्लालाई यो सम्मान क्षेत्रीय शान्ति प्रवर्द्धन र पाकिस्तान-अमेरिकी सैन्य सम्बन्धलाई सुदृढ बनाएकोमा प्रदान गरिएको हो। जनरल कुरिल्लाले पाकिस्तानी राष्ट्रपति जरदारी र सेना प्रमुख असिम मुनिरसँग भेट गरेका थिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend