Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • रुपन्देही-३ मा रास्वपा उम्मेदवार हुन ९ जनाको आवेदन


    बिहिबार, साउन २२ २०८२
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रुपन्देही-३ मा हुने उपचुनावका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। रास्वपाले आज (बिहीबार) फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो।

    सुलव खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्। महर्जनबाहेक सबै रुपन्देहीकै हुन्।

    भोलि बिहान १० बजेदेखि पर्सि साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपा सहमहामन्त्री एवं रुपन्देही-३ का चुनावी कमाण्डर विपिन आचार्यले जानकारी दिए।

    यसका लागि रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुपर्ने छ। साउन २६ गते प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशित गरिने छ। त्यस्तै रास्वपाले आवेदन दिएकाहरूमध्यबाट उम्मेदवार छान्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ। जसको अंकभार ५० प्रतिशत हुनेछ।

    जसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म प्रारिम्भक निर्वाचन हुने र त्यसमा रुपन्देही-३ का रास्वपा पार्टी सदस्यहरू र केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउने आचार्यले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार