काठमाडौं । बाढीपहिरोले देशका सातवटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सात राजमार्ग पूर्ण अवरुद्ध हुँदा नौवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका छन् ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्ग र लमजुङको मध्यनेपाल नगरपालिका–९ स्थित मध्यपहाडी लोकमार्ग आज पूर्णरूपमा अवरुद्ध अवस्थामा छन् ।
त्यस्तै काठमाडौँ–नुवाकोट सडक, तेह्रथुमको लालीगुराँस नगरपालिका– ७ स्थित मध्यपहाडी राजमार्ग, रसुवाको उत्तरगयास्थित गल्छी त्रिशूलीदेखि मैलुड स्याफ्रु जाने सडक, बागलुङको बागलुङ नगरपालिका– १० स्थित कालीगण्डकी करिडोर र बागलुङकै काठेखोला–६ स्थित मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन भएको छ ।
त्यसैगरी, नवलपरासी पूर्वको गैँडाकोट ३ स्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिका– ४ स्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दिपुर–४ चुनपहरास्थित पृथ्वी राजमार्ग, कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरा बागलुङ सडक, गुल्मीको रुरु–३ स्थित रिडी–तम्घास सडक, दाङको लमही नगरपालिका–९ स्थित राप्ती राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend