काठमाडौँ। सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।
आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका अदालत स्रोते जानकारी दिएको छ ।
अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।
लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा। बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए ।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । सहकारी प्रकरणमा लामिछाने यसअघि पनि ८४ दिन हिरासत बसेर रिहा भएपछि २५ दिन बाहिर बसेका थिएए ।
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend