Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, भोलिबाट सरकार पक्षले बहस गर्ने


    आइतबार, माघ १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि निवेदकको बहस सकिएको छ ।

    आजसम्म रिट निवेदकतर्फको बहस सकिएपछि आइतबारको बहसलाई हेर्दाहेर्दैमा राखिएको छ । अब भोलिबाट सरकारी पक्षबाट बहस हुनेछ ।

    गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर दायर गरिएका १३ रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको इजलासमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार