काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ‘छट्टु कांग्रेस’को संज्ञा दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले गगन थापा र रामचन्द्र पौडेलहरू निर्वाचन नै नगरी सत्तामा जाने खेलमा लागेको आरोप समेत लगाए ।
गगन र रामचन्द्रलाई निर्वाचनबाट प्रतिस्पर्धा गरेर जितेर आउन चुनौति दिंदै उनले भने–‘कांग्रेसभित्र ‘लड्डु कांग्रेस’ र ‘छट्टु कांग्रेस’ भनेर प्रचार गरिएको छ ।’
कांग्रेस निर्वाचनमा जाने मनस्थितिमा भए पनि रामचन्द्रजी र गगनजीले लड्डु कांग्रेसको ब्याख्या गर्दै निर्वाचन नजितिकन पुनःस्थापना गरेरै आफू सत्तामा जाने र कांग्रेसभित्रको महाधिवेशनबाट पार्टी कब्जा गर्ने मनसाय बोकेको उनको आरोप थियो ।
मुलुक निर्वाचनमा गइसकेको बताउँदै उनले भने–‘सर्वोच्च अदालतले एउटा फैसला दिन्छ । सबै शक्तिहरू सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन् । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला दियो भने निर्वाचनको माहोल बनिहाल्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend