Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक संसदमा पेस हुँदैन: कानुनमन्त्री


    बुधबार, साउन २१ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी तयार पारिएको विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

    उनले भने, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’

    सरकारले विवाहित पुरुषले दोस्रो विवाह गर्र्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार