Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ओली संविधानको हत्या गरेर नयाँ बादशाह बन्न खोज्दैछन् : बाबुराम भट्टराई


    आइतबार, माघ १८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रोल्पा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको बताएका छन् ।

    रोल्पामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले उनले प्रधानमन्त्री ओलीले नेपाली जनताको त्याग तपस्या बलिदानबाट आएको उपलब्धीको प्रतिनिधिसभा मात्रै होइन संविधानको नै हत्या गरेर नयाँ बादशाह बन्न खोजेको आरोप लगाए ।

    कार्यक्रमलाई संवोधन गर्दै उनले भने,‘हामीले क्रान्तिको कुरा गर्दा भरुवा बन्दुकले पनि क्रान्ति सम्भव छ भनेर प्रश्न गर्दथ्ये जनयुद्ध सही नै थियो, एजेण्डा नै सही थिए, जनयुद्धको जगमा नै शान्ति सम्झौता अनुसार गणतन्त्र र संघीयता आएको हो । त्यसको प्रमुख श्रेय माओवादी जनयुद्धलाई जान्छ ।’

    उनले जनयुद्धकालमा रोल्पाको दुम्ला बैठक र घर्तीगाउँको लोसेबाङको बैठकबाट १२ बुढे सहमति गर्दै राजतन्त्र अन्त्यका लागि नेपाली कांग्रेस र एमालेहरुलाई साथमा लिएर अगाडि बढेको बताउँदै राजतन्त्रको लागि माओवादी जनयुद्धनै प्रमुख आन्दोलनको जग भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार