काठमाडौँ । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको दफावार छलफलमा पत्रकारलाई निषेध गरिएको छ । यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलमा छ ।
आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । बैठक सुरु भएलगत्तै मर्यादा पालकले पत्रकारलाई प्रवेश छैन भनेर बाहिर बस्न आग्रह गरेका थिए । यो विधेयकमा ५५ वटा संशोधन परेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले समेत संशोधन राखेको छ ।
काँग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सांसद जीवन परियार, दिलेन्द्र बडू लगायतले भूमि विधेयकमा राखेको संशोधन प्रस्तावमा तीन तहको सरकारको अधिकार क्षेत्र र साझा अधिकार सूचीअनुसार विधेयकमा मिलाउनुपर्ने बताएका छन् । यसअघि सर्वोच्च अदालतले दिएका आदेश र फैसला हेर्नुपर्ने र नागरिक स्तरमा सरकारले भूमि विधेयक ल्याएर जग्गा वितरण गर्न लागेको भनेर परेका भ्रम चिर्नुपर्ने लगायतका विषय समेत राखेका छन् ।
प्रस्तावित विधेयकका कतिपय प्रावधानमा वन तथा वातावरण मन्त्रालयले नै आफ्नो असहमति दर्ज गरेको छ । प्रस्तावित विधेयकमा बुट्यान भएको, संरक्षित क्षेत्र निकुञ्जको जग्गा समेत नेपाल सरकारको नाममा ल्याएर भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई वितरण गर्न सक्ने प्रावधान छ । यस्तो ऐन बनाउन नसकिने भनेर वन तथा वातावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले संसदीय समितिकै बैठकमा भनेका छन् ।
वन तथा वातावरण मन्त्रालयको असहमति प्रकट भएपछि यही साउन १८ गतेको बैठकमा वन मन्त्रालयका सचिव डा. मिश्र र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आमुनेसामने भएका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालले त यही विधेयकमा असन्तुष्टि जनाएर सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend