Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु


    बुधबार, साउन २१ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । झापाको गौरादह नगरपालिका-४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

    मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

    यसअघि झापाको बुद्ध शान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार