मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।
प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको मंगलवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले प्राकृतिक विपत्तिका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायलगायत अन्य संघसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत समन्वयकारी ढंगले परिचालन गरिने निर्णय गरेको छ ।
प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरिएको छ । प्रवक्ता तामाङका अनुसार संयन्त्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री संयोजक एवं सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरू सदस्यको रूपमा रहेनछन् । संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।
त्यसैगरी प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण बासस्थान गुमेकालाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय भएको मन्त्री तामाङले बताए । विपत्तिबाट क्षतिग्रस्त भएका सडकको संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले प्रदेशसभाबाट पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । प्रदेशभित्र रहेका अति विपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित वासस्थानलाई उच्च प्राथमिकता दिने निर्णय भएको मन्त्री तामाङले बताए । कूल ९३ जना मात्र भएका वनकरिया मकवानपुरको मनहरी गाउँपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत तथा लोपोन्मुख जाति हो । आफ्नै नाममा जग्गा नभएका कारण सरकारी आवासको सुविधाबाट यो समुदाय वञ्चित भएको छ ।
मुख्यमन्त्री बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गरेको सरकारका प्रवक्ता तामाङले बताए ।
आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको प्रवक्ता तामाङले जानकारी दिए।
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend